युबराज रेग्मी
जेष्ठ २७ , झापा /
आज मङलबार झापाका सबै स्थानीय तह, उद्योग बाणिज्य संघ तथा सरोकार वालाहरुको छलफलले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । छलफलमा सहभागि दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार विहान ८:०० बजे देखि दिउसो २:०० बजे सम्म निर्माण सामग्री तथा खाद्यान्न सहित अन्य पसलहरु कपडा, जुत्ताचप्पल, सुनचादी, इलेक्ट्रोनिक्स जस्ता पसलहरु आवस्यक सुरक्षा विधि अपनाइ भौतिक दुरी कायम गर्दै खुल्ला गराउने निर्णय गरिएको छ ।
उनका अनुसार होटल रेस्टुरेन्टहरुले खाना प्याकेजिङ गरेर तथा होम डेलिभरी दिन पाउनेछ्न तर होटलमै ग्राहक तथा उपभोक्तालाई राखेर सेवा दिनभने पाईनेछैन । सिनेमा हल, सैलुन, ब्युटी पार्लर, लगायत बढि भिड्भाड हुने क्षेत्रहरु बन्द नै रहनेछन् ।
पछिल्लो समय झापामा कोरोना संक्रमण फैलदै गएतापनि लामो बन्दाबन्दिको चपेटामा परेका व्यापार ब्यवसायीहरुले बन्दाबन्दीलाई खुकुलो बनाउनका लागि माग गर्दै आएका थिए । यसका लागि गत २४ गते एउटा कार्यदल पनि बनेको थियो । झापामा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै जाँदा लकडाउनलाई ब्यवस्थित बनाउन पनि माग उठ्दै आएको थियो ।
बजार तथा पसल खोल्दा भौतिक दुरी कायम राख्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ । यद्यपी अहिले बजारमा आधारभूत सावधानी समेत नअपनाई बजार तथा पसलहरु खुला रहेकाले ब्यवसायीहरुलाई न्यूनतम आधारभूत सावधानी अपनाउन संघका अध्यक्ष गोकुल श्रेष्ठको अनुरोध गरेका छ्न । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि र जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।