अनिल रिजाल
हामी सहयात्रा राष्ट्रका लागि युवा ( Youth for Nation) र युवा चिकित्सक संघ नेपाल बिगत लामो समय देखि राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरणमा लागि रहेका छौँ । स्वर्गको पहिचान नेपाल अन्तर्गत स्वस्थ्य नेपाल खुसी नेपाली (निशुल्क स्वस्थ्य सिबिर तथा जनचेतना मुलक कार्यक्रम ) , फोहोर बाट मोहोर, शिक्षित नेपाल बिकसित नेपाल, अफ्नो ठाउँ आफै चिनाउ, अर्गानिक नेपाल आत्मनिर्भर नेपाल लगायतका प्रोजेक्टहरु नेपालका विभिन्न ३९ जिल्ला वा स्वर्गका टुक्राहरुमा गर्दै आएका छौं । अन्तिम स्वर्गको टुक्रा दार्चुलामा फाल्गुन १-१० गते सम्म ४५७६ जनाको निशुल्क भिडियो एक्सरे सेवा सहितको स्वस्थ्य सेवा, फोहोर बाट मोहोर, पर्यटन प्रर्वधन , कृषि सचेतना लगायतका कार्यक्रमहरु गरेर फर्केका थियौ ।
करिब ३ महिना अगाडि देखि हामी कोरोना सचेतना, स्वस्थ्य सामाग्री ( ppe , mask, sanitizer) बितरण संग संगै, Quarantine स्थापना र परिक्षण लगायतका कार्यक्रम गरिरहेका छौ ।
खाना नपुगेकालाई खाना पुर्याउने देखि कहिले किर्तिपुरका सुकुम्बासिमा राहत बाड्ने देखि लिएर अस्पतालमा खाना पुर्याउने देखि लिएर औषधि कसैलाई पुगेनकी भनेर विभिन्न स्थानमा पुग्यौं । अनाथ आश्रम देखि बृधाश्रम सम्म आफू सक्दो सहयोग गर्यौ ।
२१ दिन सम्म काठमाडौको नागढुङ्ग नाका र १८ दिन सम्म जडिबुटी नाका लगायतका स्थानमा Screening कार्यक्रम गरिरहेका थियौ । अहिले सम्म करिब ८ लाख ७ हजार ८ सय जनाको परिक्षण गरिएको छ । जसमध्ये १७ जना सन्कास्पद हुनुहुन्थ्यो र भाग्यले सबैको रिपोर्ट नेगेटिभ आयो ।
सुरुको दिनमा करिब ४०-५० हजार सम्म यात्रुहरुको आवत जाओत हुने गर्थ्यो । थानकोट बाट करिब दैनिक रुपमा अलि बडि दैनिक २५,००० सम्म यात्रु, स्वस्थ्य उपकरण र कृषीजन्य सवारीमा आउने जाने अनि अत्यावश्यक बस्तुहरु वसार पसारमा ब्यस्त हुनुहुन्थ्यो । जडिबुटिमा सुरुवातमा काठमाडौंबाट बाहिर जाने क्रम तिब्र रहेको हुँदा जाने निकै धेरै हुनुहुन्थ्यो । जाने क्रममा धेरैमा घर जादा कसैलाई सार्ने हो कि भन्ने डर थियो धेरैमा हामिले जाँच गरि सके पछि अलि निस्चिन्त रुपमा जानू हुन्थ्यो । अहिले करिब ४००० जना थानकोट नाका र १०००० जनाको जडिबुटीमा यात्रा गरिरहनु भएको छ ।
सुरुवातमा निकै कठिन थियो हामिहरुलाई । सुरक्षित रुपमा डाक्टर र हामिहरुको स्वस्थ्यमा केही हुने हो कि ? त्यो भन्दा धेरै उपस्थित रहेका अरु स्व्यम्सेवक नर्स र अन्य साथिहरुको सुरक्षाको चिन्ता थियो ।
कतै शंक्रमण आफैलाई लाग्ने हो कि भन्ने डर कतै कतै थियो । त्यो भन्दा ठूलो डर हामी संग हिडेका साथिहरु थिए, उनिहरुलाई केही हुने हो कि भन्ने थियो । बाच्ने आसा थियो बचाउने प्रयास त्यो भन्दा धेरै । संक्रमण फैलिने क्रममा थियो, त्रास बडि नै रहेको थियो, प्रयास यति थियो, गाउँ बाट संक्रमण सहरमा नआओस र सहरबाट गाउँमा नजाओस ।
प्रयासमा साथ होलाकी भनेर धेरैको आसा थियो, स्थानिय सरकार, स्वस्थ्य मन्त्रालय, स्वस्थ्य सेवा बिभाग । तबसम्म आसा थियो दिनौको प्रयास पछि मन्त्रालय बाट तोक लगाएर जादा पनि हामिलाई नेपालभरिको नाकामा परिक्षण गर्छौ भन्दा जब १ वटा थेर्मो गन र १ वटा PPE पनि पाउन सकेनौं ।
अलिकती आसा सहित जसो तसो अहिले सम्म गरि नै रहेका छौं ।
कोरोना नियन्त्रण र बिदेशमा रहेका नेपालिलाई भित्र ल्याउन कसरी QUARANTINE र स्वस्थ्य सामाग्री ब्यवस्थापन गर्ने भन्ने प्रयासमा लाग्नु पर्ने समयमा सरकारको केही कदमले हतोत्साहित पनि बनायो । बारम्बार राहत को लागि र औसधि उपचारको लागि बिहान देखि साझ सम्म फोनको घन्टी बझिरहदा झक्झकाई रहन्छ ।
स्वस्थ्यकर्मी र सुरक्षाकर्मी संगै खटिरहेका सम्पूर्ण साथिहरुमा हार्दिक नमन ब्यक्त गर्न चाहन्छौं । सम्पुर्ण फ्रन्ट लाइनमा बसेर सेवामा लागिरहेका देशभरका स्वस्थ्यकर्मी प्रती उच्च सम्मानका सहित उच्च मनोबलमा काम गर्नुहुन सहयात्रा राष्ट्रका लागि युवा को तर्फबाट अनुरोध पनि गर्न चाहन्छौं । डाक्टर कमल भुसाल, डाक्टर सुलोचन लोहनी, डाक्टर रबिन बस्नेत, डाक्टर सुमन न्यौउपाने, डाक्टर भोला नेपाल, डाक्टर कपिल थापा, डाक्टर चेतन बस्नेत, डाक्टर अनुप्रश केसि लगायतका डाक्टरहरुको अग्रसरतामा भैरहेको कार्यक्रममा युनिशा कार्की , एन्जल श्रेष्ठ, कोपिला थापा लगायतका स्वस्थ्यकर्मी तथा खेमराज साउद, नेत्र बिक्रम भट्ट, जोहन श्रेष्ठ, अर्जुन राज पौडेल , मनोज ठकुरी, अरुण न्यौपाले, कोशिश कंडेल , बिकास रायमाझी, सन्तोष याल्मो, एलेक्स दोर्जे, अभिषेक राज सिंह थापा, शिशिर जिसि, अलिश बिस्ट, उमेश पराजुली, अनिश रेग्मी, अक्वा थापा,मनिसा केसि , सक्रिन मगर, सुशान्त पौडेल,सुपृया चौधरी , सुरेस,उपेन्द्र ढुंगाना ,अल्बिना उप्रेती, किरण ढकाल लगायतका साथिहरु निरन्तर रुपमा लागि रहनु भएको थियो । लेनिन बिष्ट, जयकिशन बस्नेत, जीवन सर लगायतका प्रखर ब्याक्तित्वको उपस्तिथिले हामिलाई अझ धेरै मनोबल मिलेको थियो ।
निरन्तर घाम पानी, हजारौं मानिसको नजिक जादा संक्रमण हुने डर, लक डाउनले गाडी र स्व्यमसेवकको अभाव अनि स्पोन्सोरको अभावले हामिलाई र हामी सबैको आत्मबललाई कमजोर पारेन ।
बर्तमान स्थितिमा जसरी हुन्छ छिटो भन्दा छिटो टेस्ट गरेर सकेर बाङ्लादेशमा रहेक ७०० जनाको उद्धार गरि पालो पालो खाडि र अन्य मुलुकमा रहेका नेपालिहरुलाई बोलाउन सकिन्छ र बाङ्लादेशबाट आउने बिद्यार्थीहरु लाई काठमाडौका yellow pagoda लगाएतका होटेलहरुमा quarantine को ब्यवस्थापन गरिसकेका छौ । बाङ्लादेशमा रहेका नेपालिहरुलाई एअरपोर्टमा परिक्षण गरेर सन्क्रमितलाई उपचारमा र नेगेटिभलाई QUARANTINE मा राख्न सकिन्छ । उनिहरुलाई अनुसन्धान र १४ दिन पछि सेवा र परिक्षणमा लगाउन सकिन्छ ।
खाडिमा रहेका लाखौं नागरिकलाई पनि QUARANTINE With Farm Model मा बाझो खेत वारि नजिक कृषिमा या निर्माण कार्यमा लगाउन सकिन्छ । यो गर्दा हामिले उत्पादनबाट उहाँहरुलाई आत्मनिर्भर र सिङ्गो राष्ट्रलाई पनि आत्मनिर्भरताको बाटो तर्फ अगाडि बडाउन सकिन्छ । निर्माणकार्य सन्चालन नै छ, धेरै कामदार निर्माण कार्यमा लागेका हुँदा चाहना अनुसार निर्माणकार्यमा पनि लगाउन सकिन्छ । हजारौं अवसर हुँदा हुँदै पनि केहि बर्ष देखि गरिब देश नेपालका लागि अब आउने आर्थिक संकटलाई सामना गर्न हामिले औषधि, जडिबुटी, कपडा, मिनिरल लगायतका सबै कुरामा आत्मनिर्भर हुन सक्छौं र यो हामी सबै मिलेर लाग्ने हो भने गार्हो छैन । ११ लाख बेरोजगार रहेको देशमा अब फेरि लाखौं नागरिकहरु आउँदा हामी उचित ब्यवस्थापन गर्न सकेनौं भने जुनसुकै समयमा अर्को संकट आउन सक्ने हुँदा समयमै तयार रहन जरुरी छ ।
अबको जिम्मेवारी हेर्ने हो भने सरकारले तुरुन्त नेपालमा रहेका सबैको चेक गरि उचित ब्यवस्थापन गर्नु पर्छ र बाहिर बाट ल्याउने प्रयास गर्नु पर्छ । डाक्टर लगायत अगाडि खटिरहेका सम्पूर्णको मनोबल उच्च राख्न तलब, सुबिधा बडाउन र बरिस्ठ चिकित्सकहरुको समिती गठन गरि ब्यवस्थापन र परिक्षणलाई अझै रफ्तारमा अगाडि बडाउनु पर्छ । सम्पूर्ण स्वस्थ्यकर्मीले पनि पुर्ण सतर्कता र साहसका साथ यो युद्धभुमिमा खट्नु जरुरी छ । सुरक्षाकर्मी र स्व्यमसेवक साथिहरु पनि अझै धेरै सतर्कता अपनाएर सुरक्षा र सेवामा खट्नु पर्छ ।
सम्पुर्ण नागरिकहरु आफ्नो सुरक्षा र स्वस्थ्यको लागि नियम र साबधानका उपायहरू अपनाउन जरुरी छ । गतबर्ष मात्र ४ खर्बको कृषि उत्पादन बिदेशबाट आयात गर्नु परेको हुनाले यदि हामी अहिले पनि आफ्नो खाना आफै उत्पादन गर्न सकेनौं भने अर्को भोकमरीको समस्या आउन सक्छ ।
अहिले देशको र सरकारको बास्तबिकता छर्लङ्ग भएको छ । यो समयमा सम्पुर्ण डाक्टरहरु र स्वस्थ्यकर्मी एक भएर अगाडि बडेर स्वस्थ्य नेपाल निर्माणमा लाग्नु पर्छ र सम्पुर्ण युवाहरु राष्ट्र निर्माणमा लाग्नु पर्दछ ।
हामिले गरेको स्क्रिनिङ कार्यक्रम सबै तिर गरेर सके सम्म छिटो बाहिर बाट आएका सन्कास्पद सबैको जाँच गर्न सकियो भने यो समस्याको हल हुन्थ्यो कि भन्ने आसामा छौं ।
अहिलेको अवस्थामा सरकारबाट सहयोग नभएको र दैनिक रुपमा कार्यक्रमको लागि खर्च कम परेको हुँदा र भावी कार्यक्रमको लागि साथ र सहयोगको लागि अनुरोध गर्न चाहन्छौं ।
सहयात्रा राष्ट्रका लागि युवा ।