पुष्कर खड्का
२ असार,काठमाडौं । सरकारले साउदी अरेबियामा लकडाउनको कारणले गर्दा अलपत्र परेका नेपालीको आउँदो बिहिबार अर्थात् असार ४ गते उद्दार गर्ने तयारी गरेको छ ।
यसअघि सरकारले सार्वजनिक गरेको उडानतालिका अनुसार हिमालय एअरलाइन्सले उडान भर्ने छ । सो जहाजमार्फत् २ सय २३ जना नेपाली फर्काइने भएको छ ।
पहिलो प्राथमिकतमा २ सय २३ जना परेको जनाउँदै रियादस्थित नेपाली राजदुतावासले नेपाल फर्किनेको नाम सार्वजनिक गरेको छ ।
सरकारले यो उडानबाट नेपाल फर्कन ४ सय ६५ डलर अमेरिकी डलर अर्थात झण्डै १७ सय ४४ भाडादर तोकिएको छ ।
(साउदीबाट फर्किने नेपालीको नामावली )