पुष्कर खड्का
२ असार,काठमाडौ । नेपालमा मंगलबार दिउँसो विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा नेपालमा मंगलबार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज १ सय १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज भएकामध्ये एक सय ९ जना पुरुष र ८ जना महिला रहेका छन् ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ हजार १ सय ५८ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।