पुष्कर खड्का
२ असार, रामेछाप । रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार आएको स्वाब परीक्षण रिपोर्टमा रामेछापका एक जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । योसंगै रामेछाप जिल्लामा कोरोना संक्रमण हुनेको संख्या २० पुगेको छ
।
तर यसबारेमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले भने आफुहरुलाई आधिकारीक जानकारी नभएको बताएका छन् । यसअघि जेठ २३ गते शुक्रबार एकैदिन १७ जना र जेठ ३२ गते आइतबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।