• पुष्कर खड्का
    २ असार, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ सैपु सिरिसे बजारमा कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन नदिनको लागि प्रगतिशिल ग्रामिण समाजको अगुवाइमा स्थापना गरेको हेल्थ डेक्समा १८ सय बढीले सेवा लिएका छन् ।

    जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुको सिरिसे बजारमा बैशाख ११ गते देखि असार १ गते सम्म प्रगतिशिल ग्रामिण समाजले संचालनमा ल्याएको हेल्थ डेक्समा एक हजार ८ सय ७१ जनाले सेवा लिएको स्थानीय बिमल कुमार श्रेष्ठले जानकारी दिनु भयो ।


    स्थानीय श्रेष्ठले दिएको जानकारी अनुसार रामेछाप, अोखलढुङ्गाको विभिन्न ठाउँबाट आवतजावत गर्ने मानिसहरुको तापक्रम जाँच गर्ने, कोरोना भाइरसबाट बच्ने उपायको जानकारी दिनुको साथै माक्स नलगाई आउनेहरुलाई मक्स समेत वितरण गरिएको प्रगतिशिल ग्रामिण समाजका अध्यक्ष रामबहादुर कार्कीले बताउनु भयो ।


    उक्त क्षेत्रमा निर्माणाधिन हाइड्रो पावरमा काम गर्न आउने कामदार र बाहिराबाट आउने स्थानीयले सेवा लिएको कार्किले बताउनु भयो । वडा कार्यालयको समन्वयमा कोरोना भाइरस नियन्त्रणको लागि राखिएको हेल्थ डेक्सबाट प्रवाह हुने सेवा अाजबाट बन्द गरिएको स्थानीय बिमल कुमार श्रेष्ठले जानकारी दिनु भयो ।



    निरन्तर रुपमा हेल्थ डेस्कमा खटिने अनमी बिमला श्रेष्ठ र अस्मिता कार्की लगाएत हेल्थ डेस्कमा सहयोग गर्नु हुने सम्पूर्ण बुद्धिजीवी,भर्द्रभलाजमी,नेपाल प्रहरी र स्थानीय युवा निरन्तर रुपमा खटिएका सम्पूर्ण लाई प्रगतिशिल ग्रामिण समाजको तर्फबाट र अध्यक्ष राम बहादुर कार्किको तर्फबाट बिशेश धन्यवाद ब्यक्त गर्नु भएको बिमल कुमार श्रेष्ठले बताउनु भयो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…