• कबिता

    सिमानामा उभिएर :लिला अनमोल

    , बिर्तामोड, झापा

    हो त्यहीँनेर ढल्यो

    मेरो सपनाको महल
    सिमाना बेचेर स्वार्थको माला लगाएपछी
    हो त्यहीँनेर लुटियो
    मेरो देशको अस्मिता
    तिमिले उस्कै घामको उज्यालोमा

     

    नाचेर छमछमी
    आबस्यकताको परिपुर्ति गर्यौ
    उस्कै लालचको सवारिमा सवार भएर
    सम्पन्नताको भ्रम बाच्यौ

     

    मानेर हरपल उस्को तन्नेरी आदेस
    हरेक बाझो निर्णयमा हस्ताक्षर गर्यौ
    र झुक्याएर पटक पटक मलाई
    स्वतन्त्रताको नाटक रच्यौ

     

    हो त्यहीँनेर पिल्लिएको छ मेरो देशको आँखा
    मेरो सहनशिलतालाइ कमजोर ठानेपछी
    हो त्यहीँनेर पाछिएकोछ मेरो देशको मुटु

     

    आज हास्दैन निसङ्कोच मेरो हिमाल
    सिमाना दुखेर मेचिकाली
    लिपुलेक रुदैछ धर्धरी
    लिम्पियाधुराको शिरमा उमृएको दुबो

     

    अर्कै देशमा हरियो छरिरहेछ
    आज ढुक्कले घुम्दैन मेरो समयको काटा
    र खोलाको लहरले स्वतन्त्रताको गित गाउदैन आज
    हो त्यहीँनेर भत्कियो मेरो एकताको बाध

     

    तिमिले साटेर मेरो माटोको सुगन्ध
    उस्कै आगन सुगन्धित बनायौ
    र खिया पारेर मेरो आशामा
    पराधिनताको धार लगायौ

     

    जब तिमिले कमजोर ठानेपछी आफुलाइ
    उसग सिद्धान्तको भिख माग्यौ
    र समस्याको समाधान गर्ने बहानामा
    बिनासको पैरो चलायौ
    हो त्यहीँनेर छाम्यो उस्ले मेरो देशको ढुकढुकी

     

    र नाकाबन्दी गरेर मेरो आवस्यकतालाई
    ठान्यो उस्ले मगन्ते
    त्यहिबेला उस्ले मेरो स्वभिमानमा
    तागतको शालिक ढड्यायो
    र लडाएर एक आपसमा

     

    अधिकारको नाटक मन्चन गर्यो
    र त यतिबेला उ
    मेरै आगनिमा होलि खेलु भन्छ रगतको
    र चुडालेर सद्भावको डोरि

     

    उ युद्दको बेर्ना उमारु भन्छ
    दबाबको कोर्‍राले
    हिर्काएर मेरो देशलाइ
    उ बनाउ भन्छ घाइते
    र बिरामी बनाएर मेरो मानशिकता

     

    आफ्नै शासनको रजाइँ गरु भन्छ
    लादेर आफ्ना अरौटेहरु यहीँ
    जबर्जस्त मेरो देशको बनाउन खोज्छ
    र बहन गराएर पदिय जिम्मेवारी
    मलाई उपनिबेशको बनाउन खोज्छ
    तर खबरदार

     

    ढल्दैन मेरो स्वाभिमान
    गल्दैन मेरो बिश्वास
    डग्दैन मेरो एकता
    मेरो चन्द्र सुर्यको कसम
    अब म

     

    आगोमा पानी भएर होइन
    आगोमा आगो भएर दन्कनेछु
    भाग सिमानाका फोहोरहरु
    म झिल्को भएकिछु
    खबरदार

     

     

    डडाउछु म छ्यणभरमै

     

    कबयत्री लिला अनमोल रेडियो बिराट को प्रबन्ध निर्देसक हुनुहुन्छ ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …