उर्लाबारी । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ ।
दिउँसो अन्दाजी पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेका थिए ।
अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले बताए । घटनाको बारेमा तथा घाइते कार्कीको अवस्थाको बारेमा थप विवरण लिने काम भइरहेको ढकालले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी