सन्तोष कार्की मौसुफ
---
श्यामलाल घरबाट आफ्नो रिक्सा लिएर बाहिर निक्ल्न लागेको थियो उसको श्रीमती ले उसलाई भनिन: कहाँ जान लाग्नुभएको यस्तो घाममा.... धेरै नै गर्मी छ दिउँसो ३/४ बजेतिर जानू । बाहिर घाम त हेर्नुस् आगो भन्दा बढी रापिलो छ ।
यस्तो आगो जस्तो गर्मी सहन सकिन भने पेटको आगो कसरी बुझाउन सकिन्छ ...म र तिमी त भोकै बसौला तर... छोराछोरी नि...त्यसैपनी यो कोरोनाको लकडाउन ले गर्दा सबैकुरा रित्तिसक्यो.. भन्दै श्यामलाल रिक्सा लिएर पारस बसपार्क हाकिम चोक चौबिस कोठी तिर निस्कियो ।
यो १२ बजे घाममा श्रीमती चाहदिन थिइन कि श्यामलाल रिक्सा लिएर बाहिर जाओस् उसको पनि बाध्यता थियो उनि पनि होटलमा काम गर्दै आएकी थिइन यो कोरोनाको माहामारी ले होटल बन्द गरेर साहुहरु घरमै बसेका छन उसको पनि बन्द होटलको कारण रोजिरोटी गुम्यो ।
असार को गर्मी र लकडाउन ले टाढा-टाढा सम्म केही सवारी देखिरहेको थिएन । पसिना जिउभरी चुहाउदै श्यामलाल पारस बसपार्क तिर पेसेन्जरको खोजिमा थियो । अचानक कसैको आवाज सुनियो अंकल .... नारानघाट बजार सम्म लग्दिनुस न ... हुन्छ हजुर भन्दै उ पछाडि फर्किएर हेर्दा उसको छोरिको उमेरकी एउटि केटि ले उसलाई रिक्सा रोक्नको लागि इसारा गर्दै भनिन; भाडा कति लिनुहुन्छ ? तपाईंको इच्छा ले दिनुस् न नानी .... जति दिनुहुन्छ आफ्नो मर्जिले दिनुहोस् ।
केटि रिक्सामा बसि बजारमा पहिला एक कपडा पसलमा रिक्सा रोक्न लगाइ त्यसपछि फार्मेसीमा रोक्न लगाइ र केही सामन किनेर रिक्सामा बसि .... र भनी अंकल म जहाँबाट चडेकी थिए त्यहीँ पुर्याइदिनुस ....
श्यामलाल ले रिक्सा केटिले भने अनुसार हाकिम चोक तिर लिएर गयो र त्यहीँ ठाउँ पुगेर केटि रिक्साबाट उत्रीइन ..र आफ्नो हातको झोलाबाट एउटा गम्छा , एउटा मास्क , एक बोतल पानीको साथमा १०० रुपैयाँ सहित दिएर भनिन् अंकल यो लिनुस तपाईंको मिहिनेत ... तर हजुर यहाँबाट बजार सम्मको केवल २० रुपैयाँँ हुन्छ र फर्किएर यहा ल्याइदिएको २०... र तपाईं यो १००.. अनि मास्क अनि गम्छा .......
अंकल यो तपाईंको मिहेनत र तपाईंको परिवारको सुरक्षा को लागि हो.. भन्दै उ आफ्नो घरतिर हिडिन ...श्यामलाल आँखा भरी आँसु पार्छ ..। एउटि केटि भगवान बनेर रिक्सा सवार गरिन उ गएको बाटो श्यामलाल हेरि रहन्छ र सोच्छ ... यहीँ त हो मानवता यहीँ त हो मान्छे ले गर्ने धर्म ... मलाई आवश्यक थियो यो घाममा पसिना पुछ्नको लागि एउटा गम्छाको र बाहिर पेसेन्जर बोक्दा लगाउने मास्क र तिर्खा लाग्दा पिउने पानीको मान्छेको बिबशता देखेरै आवश्यक पूरा गर्दिइन ।
नत्र त मान्छेहरु ४ कोसा केरा ४ दाना स्याउ एक पाकेट चाउचाउ दिएर फोटो खिच्छन र फेसबुकमा राखेर खुब समाज सेवाको ढुङ रच्छन ।
नानी सय बर्ष भन्दा माथी बाच्नु ... भगवान्ले तिमिलाई सदैव रक्षा गरुन् ... भन्दै श्यामलाल टाउकोमा गम्छा राखेर मास्क लगाएर हिड्छ दोस्रो पेसेन्जरको खोजिमा ।।
********
साथिहरु कथा कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु । जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।