• विराटनगर । पूर्व प्रधानमन्त्रीका निजी सचिवको रुपमा काम गरेका लक्ष्मण ढकालमाथि श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको निजी सचिवको रुपमा लामो समय काम गरेका मोरङ लेटाङका लक्ष्मण ढकालमाथि घरेलु हिंसाको आरोप लागेको हो ।

     

    ढकालको ८ वर्षअघि झापा दमककी विद्या न्यौपानेसँग विवाह भएको थियो । तर विवाहपछि शारीरिक र मानसिक यातना दिँदै आएकाे माइती पक्षकाे दाबि छ ।

     

    स्वर्गीय कोइरालाको निजी सचिवको रुपमा काम गरेका ढकाल लामो समय काठमाडौं बसेका थिए । काेइराला प्रधानमन्त्री हुँदा ढकाल नै प्रमुख सचिव थिए । पछिल्लो समय उनी लेटाङमा बस्दै आएका छन् ।

     

    ढकालका ४ र साढे ६ वर्षका दुई छोरा छन् । ढकालले दिएको यातना सहन नसकेर श्रीमती विद्या गत ३० वैशाखयता माइतमा छिन् ।
    ‘शारीरिक र मानसिक यातना पहिलेदेखि नै दिँदैआएका रहेछन् तर छोरीले भनिनन् ‘विद्याका काका नगेन्द्रमणि न्यौपानेले भने ‘हामीले थाहा पाएपछि पटक पटक मिलाउने प्रयास गर्याैं, तर यातना रोकिएन ।’ विवाद मिलाउन नेकपा र कांग्रेसका अन्य नेताले पनि प्रयास गरेका थिए । तर ढकाल कुनै छलफलमा सहभागि भएनन् ।

     

    लकडाउनको समयमा श्रीमतीलाई कुटपिट गरेपछि लेटाङ नगरपालिको न्यायिक समितिमा उजुरी परेको थियो ।

    नगरपालिकाले छलफलका लागि बोलाए पनि ढकालले टेरेनन् । ‘हामीले छलफल गराउने प्रयास गरेका थियौं । तर पटक पटक बोलाउँदा उहाँ (ढकाल) आउनु भएन ।’ लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाले भनिन् ‘घरेलु हिंसा पहिलेदेखि नै हुँदैआएको थियो । मैले पटक पटक मिलाउने प्रयास पनि गरेको थिएँ ।’
    छोरालाई आमाको जिम्मा लगाउने फैसला

     

    शारीरिक र मानसिक यातना सहन नसकेर माइत जाँदा विद्याले साँढे ६ र ४ वर्षका छोरालाई सँगै लिएर जान खोजेकी थिइन् । तर ढकालले लैजान दिएनन् । घरबाट अभद्र व्यावहार गरेपछि उनी एक्लै माइत गएकी थिइन् ।

     

    नाबालक सन्तान आमासँग बस्न पाउनुपर्ने मागसहित माइती पक्षले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोमबार रिट जारी गर्दै उच्च अदालत विराटनगरले १२ घण्टाभित्र दुई बच्चालाई आमाको जिम्मा लगाउने फैसला गरेको छ ।
    न्यायाधीस महेश शर्मा पौडेल र महम्मद जुनैद आजादको इजलासले आमाको जिम्मा लगाउने फैसला गरेको हो । अदालतको फैसलापछि प्रहरीले सोमबार नै बच्चालाई आमाको जिम्मा लगाएको लेटाङ नगरपालिकाकी उपमेयर निरौलाले जानकारी दिइन् ।

     

    विद्या भन्छिन्– बिहे लगत्तै यातना दिन थाले, सहन नसकेपछि बोलेँ
    घरेलु हिंसामा परेकी विद्याले विवाह लगत्तै आफूलाई शारीरिक र मानसिक यातना दिएको बताएकी छन् । २०६९ सालमा उनको विवाह भएको थियो । विवाहपछि काठमाडौं गएको केही समयपछि यातना दिन थालेको उनले बताइन् । ‘२०७४ सालसम्म त सहेर बसँे ।’ उनले भनिन् ‘सहन नसक्ने भएपछि माइती पक्षमा खबर गरँे ।’

     

    लक्ष्मणले विद्यालाई घरबाट बाहिर निस्कँदा अनुहार देखाउन नपाउने र घरमा कोठा थुनेर राख्ने गरेको माइती पक्षको दाबी छ ।
    पछिल्लो समय वैशाख २९ गते साँझ प्रहरी चौकी पुगेकी थिइन् । ‘राति प्रहरीमा उजुरी गर्दा प्रहरीले दर्ता गरेन ।’ उनले भनिन् ‘फर्कंदा बाटोमा कुटपिट गरेपछि आफन्तको घरमा बास बसँे ।’

     

    ३० वैशाखमा छोरा ल्याउन खोज्दा आफूमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको उनले बताइन् । साना छोरालाई हेर्न नदिएपछि अदालतमा पुगेर छोराको मुख हेर्न पाएको उनले बताइन् ।
    ढकाल भन्छन् – केही होइन

     

    यता ढकालले भने आफूले घरेलु हिंसा नगरेको बताए । सुशिल कोइराला प्रधानमन्त्री हुँदा प्रमुख निजी सचिव भएर काम गरेका ढकालले अदालतको आदेशपछि बच्चा जिम्मा लगाएको बताउँदै हिंसा नगरेको बताए ।
    कोशी अनलाइन बाट साभार

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…