• योगेश अग्रवाल
    सुन्दै छु -
    बुद्ध जन्मिए रे भारतमा
    राम जन्मिए रे नेपालमा
    अब भोलि नयाँ खबर अाउला अखबारमा
    सगरमाथा पर्दछ चीनमा !

    यस्तै खबर सुन्दासुन्दै बुढो हुने भइयो
    नेपाल स्विजरल्याण्ड भएको देख्ने सपना
    अधुरै रहने भयो
    इतिहासका गोर्खाली हामी
    आज किन कमजोर भयौँ ?

     

    पुर्खाले बगाएको रगत व्यर्थै जाने भयो
    प्रश्न मलाई नेपाली जनतासँग हैन
    नेपाली नेतासँग सोध्न मन छ -
    अब दुइ टक्काको घुसमा
    मातृभूमि बेच्ने के योजना छ ?

     

    अनि फेरि प्रश्न गर्छु नेपाली जनतामाझ
    मातृभूमिको झण्डा भन्दा यहाँ

     

    प्यारो किन पार्टीको झण्डा छ ?
    यस्तै हाल हो भने अब
    पक्कै नयाँ खबर सुन्न पाईनेछ
    चाँडै नै नेपालको दक्षिणी भाग भारतको हुने छ
    अनि उत्तरी भाग चाहिँ चीनले लैजाने छ
    नेपाल नै नरहे नेपाली हामी रहुँला कहाँ ?

     

    राष्ट्रकवि माधव घिमिरेको यो उद्गार सत्य सावित हुनेछ !!

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…