• काठमाडौं । अवैध सुन र चाँदी तस्करी सम्बन्धी सुराकी दिने व्यापारी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट थप एक किलो धातु बरामद भएको छ । उक्त धातुको बाहिरी भागमा सुनको जलप र भित्र चाँदी रहेको छ । महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले कोठामा लुकाई राखेको अवस्थामा अवैध धातु बरामद भएको जानकारी दिनुभयो ।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत सोमबार कमलादीबाट बरामद गरेको भनिएको १५ किलो अवैध धातु र दुुई थान पेस्तोल काण्डका मुख्य योजनाकार प्रहरी जवान बहादुर कठायतको बयानका आधारमा श्रेष्ठको कोठाबाट उक्त धातु बरामद
    भएको हो ।

    प्रहरी परिसर प्रमुख ज्ञवालीका अनुसार दरबारमार्ग प्रहरी वृत्तका सवारी चालक कठायत र श्रेष्ठ साथी हुन् । श्रेष्ठको सुराकीका आधारमा कठायतले सुन–चाँदी तस्करसँंग १५ लाख रुपियाँ नगदको बार्गेनिङ गरेको पाइएको छ ।

    त्यस्तै सुन–चाँदी तस्करको समूह बा.६च ५५११ नम्बरको गाडीसहित नक्सालस्थित एक होटलबाट निस्केर बल्खुबाट फरार भएको खबर लुकाउन तिनै चालक कठायतको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको हो । उक्त रहस्यमय घटनाको अनुसन्धानका लागि जवान कठायतलाई प्रहरीले हिरासतमा लिएको छ ।

    अवैध धातु ओसारपसारमा सहयोग गरेको अभियोगमा प्रहरीले दुई प्रहरी र अन्य पाँच जना गरी सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवानद्वय बहादुर कठायत र प्रशन्न श्रेष्ठ, उमेश श्रेष्ठ, ट्याक्सी चालक सन्दीप गुरुङ, तस्करीमा संलग्न भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखिया छन् ।

    उनीहरूसँगै तस्करी तथा ओसारपसारमा संलग्न गाडी बरामद भएको छ । बरामद गाडी बाराका इल्ताफ हुसेन अन्सारीको नाममा दर्ता रहेको पाइएको छ । अन्सारी यसअघि नक्कली भारतीय नोट कारोबार मुद्दामा जेल सजाय पाएर छुटेका व्यक्ति हुन् ।

    फरार अभियुक्त अन्सारी र युनुष अन्सारीका नातेदार रहेको दाबी प्रहरीको छ । सुन–चाँदी तस्करी घटनामा युनुसको भूमिका भने स्पष्ट हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयले कारबाही स्वरूप दरबारमार्ग वृत्त प्रमुख रञ्जनकुमार दाहाललाई परिवर्तन गरेको छ । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…