• मलामी जानेहरुमा तनाव

    अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट भाद्र ६ गते पीसीआर टेष्टको लागि ८० जनाको स्वाब पठाइएकोमा ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    हिजो साँझ आएको रिपोर्टमा चार जनाको पुन परीक्षण हुने नगरपालिका श्रोतले जनाएको छ । चार जनाको रिपोर्ट पोजेटिभ आएकोले पुन परीक्षण गर्न लागिएको अनुमान गरिएको छ ।

    यद्यपि नगर प्रमुख दिलिपकुमार राईले संकास्पद देखिएकोले पुन परीक्षण गर्न भनिएको बताए । उपप्रमुख यमुना बिष्ट बास्तोलाले पनि ७६ जनाको मात्र रिपोर्ट आएको र आज अपरान्हसम्म चार जनाको आउने जनाकारी दिए ।

    रिपोर्ट आउन बाँकी चार जना मध्ये ठाकुर थरका एक युवा भाद्र ८ गते एक महिलाको डाँस खोलामा मलामी गएको खुलेको छ । युवा मलामिमा मास्क नलाएकोले डाँस खोलामा मलामी जाने व्यक्तिहरुमा तनाब सुरु भएको स्थानीय रमेश क्षेत्रीको भनाइ छ । डाँस खोलामा सय भन्दा बढी मलामी गएका थिए । ती ठाकुरमा पोजेटिभ देखिएको भए त्यहाँ जाने सबैको तुरुन्त पीसीआर टेष्ट हुनुपर्ने मलामीमा सहभागीहरुको भनाइ छ ।

    रिपोर्ट आउन बाँकी चार जनालाई घरैमा बस्न भनिएको नगर प्रमुख दिलिपकुमार राईले जानकारी दिए ।

    पथरी बजारमा डेरा गरि बसेर सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्ने २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको थियो । २ गते काम गर्न गएका ती युबामा कोरोना देखिएपछि ५ गते पथरी आएका थिए ।

    ती युबाको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा
    नगरपालिकाले ८० जनाको स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

    पथरी मै बस्दै आएका युबामा कोरोना पोजेटिभ देखिएपछि कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको निर्णय अनुसार
    पथरी शनिश्चरेमा समुदायस्तर भाइरस फैलिएको अनुमान गरि शिल (पूर्ण बन्द) गरिएको छ ।

    वित्तिय संस्था, यातायातसहित मानिस हिडडुलमा पूर्ण प्रतिबन्धको घोषणा भएपनि पूर्ण रुपमा पलना नभएको कारण पथरीमा पटक पटक तनाब हुने गरेको छ ।

    नगरपालिका र बिपद ब्यबस्थापन समितिले घरमै सुरक्षित बस्न, मास्कको अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेपनि लुकिछिपी विभिन्न स्थानमा जम्मा हुने र लुडो, क्यारम्बोर्ड खेल्ने जस्ता काम भइरहेको छ । जसले गर्दा कोरोना भाइरस थप संक्रमण बढ्न सक्ने अवस्था देखिन्छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…