• बुधबार २४ भदौ, २०७७

    धरान / माइती पक्षले मंगलबार प्रहरीमा जाहेरी दिएका हुन । माइती घर तेह्रथुम रहेको मृतक लिम्बुको शव सोमबार बिहान परिवारले देखेका थिए । उनले आफ्नै कोठामा रहेको पंखामा सलले झुण्डिएर आत्महत्या गरेको केटा पक्षले बताएको छ ।

    घटना स्थलमा प्रहरी पुगेको बेला भने मृतकको शव खाटमा राखिएको थियो ।

    उनलाई सोमबार बिहानको खाना खान बोलाउदा नबोलेपछि ढोका फोडेर हेर्दा सलले पंखामा झुण्डिएको अवस्थामा भेटेको परिवारले जनाए का छन् ।

    झुण्डिएर आत्महत्या गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको माइती पक्षले सोनीले आत्महत्या नगरेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् ।

    मृतक लिम्बुको गत असारमा धरान ११ का सिंगापुरे लाहुरेसँग विवाह गरेकी थिइन् ।

    दुवैले एकअर्कालाई मन पराएर विवाह गरेका थिए । सोनीको श्रीमान् सिंगापुर फर्किएपछि घरमा परिवारसँग नै बस्दै आएकी थिइन् । धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पछि माइती पक्षले मृत्यु शंकास्पद भएकोले अनुसन्धान गरिपाउँ भनेर निवेदन दिएका छ्न । सबै कोणबाट घटनाको अनुसन्धान गरिने उनले बताएका छन ।

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…