• उर्लाबारी २८ भदौ
    मोरङको उर्लाबारीमा नेकपा वडा संगठन कमिटी ८ र ९ को संयुक्तरुपमा बसेको बैठकले साविक राजघाटलाई तिन वटा वडामा बिभाजन गर्नुपर्छ भनि निर्णय गरेको छ ।

    नेकपा वडा संगठन कमिटी अध्यक्ष द्वोय सुरेन्द्र शेर्मा र रुद्र लामिछानेको अध्यक्षतामा बैठक बसेको हो । साविक राजघाटको जनसंख्या र भौगोलीका आकार ज्यादै ठुलो भएकोले भाविदिनमा सहज होसभनि कमिटिले योे निर्णय लिएको संगठन कमिटिको भनाई छ । निर्णयको प्रतिलिपि नेकपा नगर कमिटि, नेकपा का कार्यपालिका सदस्यहरुलाई पेशगरी आउदो हिउदे अधिवेशनमा यस विषय उठोस भनि जानकारी गराउन निर्णय पेश गर्ने समेत समितिका अध्यक्ष सुरेन्द्र शेर्माले जानकारी दिए ।

    समितिको बैठकमा साविक राजघाटको वडा १,२,९ एउटा वडा ६,७,८ र ३,४,५ गरी तिन वटा वडामा बिभाजन गरे हरेक विकासका कार्यमा सहजहुने शेर्माको भनाई छ । उर्लाबारी नगरपालिक भए यता २,९९ २.६८, २.५५, २.८३ वर्ग किमि वडा हुन सक्छभने ८ र ९ अत्यन्तै ठुलो वाड भएको अध्यक्ष रुद्र लामिछानेको भनाई छ । साविक राजघाट करिब सोह्र हजार जनसंख्या र जम्म ३३.४७ वर्ग किमि क्षेत्रफल भू–भाग भएकोले यस बिषयलाई नगर कार्यालयले समेत बिचार गर्नुपर्ने लामिछानेको भनाइ छ ।
    बैठकमा नेकपा वडा संगठन कमिटीका सबै सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…