• मेरो स्लीम छ जीउ, भन कस्लाई दिउँ
    बैश चढ्यो जवानीको, आउ न कोही छेउ
    यस्तै शब्दमा आस्मा दुलालले आफ्नो ज्यानको वर्णन र जवानीको कुरा गरिरहदा निर्मला सुनुवार छमछमी नाचिरहेकी हुन्छिन । यस्तो गीत घन्किएपछि कस्को मन आकर्षित हुँदैनर । बालद श्रेष्ठ, नन्दु गुरुङ्गहरुको टीम पनि के कम, स्टेज छेउमै गएर स्सीम जीउँको मजा लिन खोज्छन ।

    कोरोनाले देशै निरासामय बनाएको बेला थोरै मनोरञ्जनको वातावरण चाँही मोरङ पथरीशनिश्चरे नगरमा रहेर गीत लेखन÷निर्देशनमा लागेका मौसम परिवर्तन याक्थुङबाले मिलाएका हुन । याक्थुङबाको लेखनमा रेकर्ड भएको यो गीतको म्युजिक भिडियो सुक्रबार साँझ रिलिज भएको हो ।

    यो मनको आँखाले, देख्यो नि झलझली
    जवानीको रापले भयो नि खलखली
    मातिएको जवानी छ, आउन कोही पिउ
    मेरो स्लीम छ जीउ, भन कस्लाइ दिउँ
    नव गायीका आस्मा दुलालको स्वरमा रहेको यो गीतको संगीत दीपराज नेम्वाङ्ग र एरेन्ज अशोक थापाले गरेका हुन । झापा दमकका काब्य रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको छायाँङकन र सम्पादन मुहासिंह मगरले गरेका हुन् । होटलमा ग्राहकलाई सांगीतिक मनोरञ्जन दिने कथामा उत्रिएकी कलाकार निर्मला सुनुवारको स्लीम जीउ देखिने गरी नृत्य दिएकी छन । गीतमा पूर्बी नेपालको बिभिन्न म्युजिक भिडियो र चलचित्रहरु मार्फत स्थापितहुदै गएका कलाकार बादल श्रेष्ठ र गायक नन्दु गुरुङको अभिनयले गीतलाई थप आकर्षित गरेको छ । युवा जगतलाई लठ्याउने यो म्युकिज भिडियोको निर्देशन भने शन्तोष राईले गरेका छन् ।

    पछिल्लो समयमा गीत लेखन र निर्देशनमा लागेका मौसम परिवर्तन याक्थुङबाले भने लकडाउनकै वीचमा अरु तीन वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
    याक्थुङ्बाकै लेखन, निर्देशनमा ‘सारा खुसी दिएजस्तै..., बोलको गीत दीपक लिम्बूले गाएका छन् । ‘मैले गाउने गीतहरु..., रचना रिमाल र नन्दु गुरुङ्गले गाएका छन् भने ‘तिमी मेरी म तिम्रो..., बोलको गीत रमिला बन र टेकराज भण्डारीले गाएका छन् । मौसमको यी गीतहरु विभिन्न युट्युव च्यानलहरुमा मार्फत सुन्न र हेर्न सकिन्छ । केही बर्ष अघिसम्म पहिचानको राजनीतिमा लागेका मौसमले ‘कथा औशीको’को कथानक चलचित्र समेत निर्माण गरेका छन् ।
    प्रस्तुतीः—अर्जुन जम्नेली राई

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…