• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा करिव १९ करोडको लागतमा १५ बेडको अस्पताल बन्ने भएको छ ।

    संघीय सरकारको योजनामा १८ करोड ६८ लाख दुई हजारको लागतमा अस्पताल बन्न लागेको हो । आज (सोमबार) कार्यपालिका सदस्य, जग्गा दाता र राजनीति दलका नेताहरुको उपस्तिथिमा अस्पतालको नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोलाको हातबाट शिलान्यास भएको हो ।

    नगरमा पथरी नगर अस्पताल भएकै स्थानमा उक्त भवन बन्न लागेको हो । कार्यक्रममा जग्गा दाताहरुको तर्फबाट बाबुराम राईले शुभकामना मन्तब्य राखेका थिए ।

    संघीय सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल निर्माण गर्ने योजना अनुसार पथरीमा पनि अस्पताल बन्न लागेको हो । सरकारले सातै प्रदेशमा सरूवा रोग अस्पताल समेत निर्माण गर्न लागेको हो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…