• राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जाग्रित गराउन सांसदहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रियसभाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

    अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म रोगको उपचार र प्रविधि नरहेको हुनाले नियन्त्रणका लागि जनप्रतिनिधिले जनतालाई सूचना प्रविधिको प्रयोग गरी सुसूचित गराउनु आजको आवश्यकता भएको आँैल्याउनुभयो । उहाँले यो रोग विश्व युद्धभन्दा खतरनाक रहेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई पालना गरी मानवीय जीवन र आर्थिक कार्य चलायमान गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले कारोनाका कारण विश्वका विकसित राष्ट्रमा उपचार नभएर जनता पीडित भएको चर्चा गर्दै हाम्रो जस्तो मुलुकमा जनचेतना जाग्रित गराएर मात्र यो रोगको नियन्त्रण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम एवं उपचारका लागि व्यवस्थित योजनाका साथ प्रदेश सरकारले कार्य गरिरहेको उल्लेख गर्दै नयाँ रोग भएकाले नियन्त्रणमा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै जनतालाई सचेतना जागृत गराउन जिल्ला, स्थानीय र वडास्तरमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले कोरोना कहिले नियन्त्रणमा आउँछ भन्ने निश्चित नभएकाले यसबाट आफू, आफ्नो परिवार र समाजलाई बचाउन, सुरक्षित रहन अपनाउनुपर्ने सुरक्षित उपायका बारेमा जनतामा चेतना जाग्रित नै महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

    प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्क्रमितको उपचारका लागि सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा विराटनगर, धरान, झापामा उच्च सुविधासहितको आइसोलेशन निर्माण भइरहेको जानकारी दिँदै जनताको उपचारका लागि निजी क्षेत्रको कोभिड अस्पतालले सरकारको नियमलाई पालना गर्नुपर्ने बताउनुभयो ।

    सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले प्रदेश सरकारले कोरोना न्यूनीकरण र आत्मबल बढाउने कार्य गरिरहेको र सात वटा पिसिआर मेसिन, दुईवटा कोभिड अस्पतालको भौतिक सरचना निर्माण गर्नुका साथै कोरोना उपचार कोषमा रहेको रु ४६ करोडमध्ये रु ४४ करोड विभिन्न स्थानीय निकायमार्फत खर्च गरेको जानकारी दिनुभयो ।

    प्रदेश नंं १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित कार्यालयका विज्ञ डा सुदूर बर्माले यो रोग नियन्त्रण र न्यूनीकरणमा जनप्रतिनिधि र स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । कार्यक्रममा सङ्घीय सांसद, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्वास्थ्य क्षेत्रका कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…