• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताको आज भएको खेलमा वाइजीएफटी र द रियाल ब्रोदर्श फुटबल क्लबले एक बराबरी खेल्दै अंक बाँडेको छ ।

    लिगको पहिलो चरणको अन्तिम खेल सुरु भएको १२ औं मिनेटमा द रियल ब्रोदर्श क्लबका खेलाडि सुजन खत्रिले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हापको ८१ औं मिनेटमा पाएको प्यानल्टी सुटआउटको सदुपयोग गर्दै वाइजीएफटीका निमोन लिम्बूले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । दुबै टिमले १—१ अंक पाएका छन् । खेलको म्यान अफ दि म्याच वाइजीएफटीका खेलाडि संजय लिम्बू घोषित भए ।

    भोलि सोमबारदेखि दोस्रो चरणको लेख हुने छ । दोस्रो चरणको पहिलो खेल हेरिका न्युस्टार र हिमाअस हाइवे फुटबल क्लवीच हुने आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।

    १) आइतबारको खेलमा केहीबेर तनाव

    आइतबारको खेलमा बिपक्षी वाइजीएफटी प्यानल्टी सुटआउटमा गोल गरेपछि द रियाल ब्रोदर्श फुटबल क्लबको कोच आक्रोसित भएका थिए । आयोजकले सम्झाउने क्रममा केहीबेर तनाव उत्पन्न भएको थियो । तनाव नहोस भन्ने उदेश्यले भोलिदेखि प्लेयर्स बक्समा खेलाडि र कोच बाहेक कोही नराख्ने निर्णय भएको आयोजक समितिको संयोजक संजिव गिरीले बताए । क्लवसँग सम्बन्धीत ब्यक्तिहरु अराजक भए कारबाही गरिने पनि बताइएको छ ।

    २) कस्ले कति अंक पाए

    पहिलो चरणको खेल सकिदा दुई वटा टिमले ३—३, चार वटाले १—१ र दुई वटा टिमले ० अंक प्राप्त गरेका छन् ।
    सिरिजङ्गा र टेन नवोदयले ३–३, हिमाअस, शिखर, द रियल ब्रोदर्श र वाइजीएफटी फुटबल क्लबले १—१ प्राप्त गरेका छन् । हेरिका न्युस्टार र देविगञ्ज फुटबल क्लवको भने ० अंक रहेको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…