• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ पथरी शनिश्चरे नगर समिति मोरङले तालिममा सहभागिहरु कृषकहरुलाई बाख्रा, बंगुरको पाठा र कुखुराको चल्ला निशुल्क प्रदान गरेको छ ।



    महासंघले समुदायलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले तीन दिने ‘बंगुर, बाख्रा र कुखुरा’ पालन सम्बन्धि तालिमको आयोजना गरेको थियो। प्राबिधिक शिक्षा प्रदान गर्दै आएको मदन भण्डारी स्मृति प्रतिष्ठानको तालिम प्रमुख रुद्र तामाङ दिएको तालिम आइतबार समापन भएको हो ।

     



    तालिममा नगरमा रहेको १७ वटा जातीय समुदायबाट ३७ जना सहभागि रहेको समितिका सचिव देबेन्द्र वनेम लिम्बूले बताए । तालिम समापनसँगै पसहभागी हरुलाई प्रतिब्यक्ती एउटा पर्नेगरि एक एक वटा बाख्रा वा बंगुरको पाठा र कुखुरा लानेलाई सय वटा बोइलरको चल्ला प्रदान गरिएको महासंघको कोषाध्यक्ष रामचन्द्र राना मगरले बताए ।



    पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित तालिममा महासंघ उपाध्यक्ष राजेन्द्र गुरुको सभापतित्वमा उद्घाटन नगर प्रमुख दिलिपकुमार राई र समापन नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समितिको अध्यक्ष अर्जुन जम्नेली राईको प्रमुख अतिथ्यमा भएको थियो ।

    उदघाटन कार्यक्रममा महासंघको १ नम्बर प्रदेश समितिको मुख्य सचिव तिलकप्रसाद राई, नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।



     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…