• काठमाडौं  २०७४ माघ २९ गते


    पार्टी एकताको विषयमा छलफल वाम गठबन्धनको एकता संयोजन समितिको बैठक बुधबार बस्ने भएको छ।

    एमाले अध्यक्ष  केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वान टू वान भेटपछि एकता संयोजन समिति बैठक डाक्ने तयारी भएको हो।

    ओली र ‘प्रचण्ड’बीच आज पार्टी एकता र सरकार गठनबारे छलफल भएको थियो। छलफल पछि समानुपातिकको सांसदको टुङ्गो गर्न डाकिएको माओवादी शीर्ष नेताको बैठकमा प्रचण्डले बुधबार बैठक डाकिने बताएका हुन्।

    प्रचण्डले मंगलबार पुन: ओलीसँग आफूले छलफल गर्ने बताएका छन्।

    बिहान सवा १० बजेदेखि दुई नेताबीच ललितपुरको एक घरमा छलफल भएको थियो। एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत थियो।

    माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति प्रस्ताव गरेको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए प्रचण्डले अध्यक्ष पाउनु पर्ने माओवादीको प्रस्ताव छ।

    तर एमाले भने अहिले नै प्रचण्डलाई अध्यक्ष दिन तयार छैन। ओली प्रधानमन्त्री भएर पार्टीमा दुई सहअध्यक्ष बनाई अघि बढ्नु पर्ने एमालेको प्रस्ताव छ।

    दुई अध्यक्षबीच हुने छलफलमा ठोस निष्कर्ष निस्किए थप छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना छ।

    नेतृत्वको विषयमा दुई पार्टीका फरक प्रस्ताव भएपछि पछिल्लो समय एकता प्रक्रियाको गति सुस्त मात्र थिएन, आशंका पनि जन्माएको थियो।

    शनिबार चितवनमा माओवादी अध्यक्ष प्रचण्डले आवश्यक परे आफूले नयाँ फड्को मार्न सक्ने बताएपछि एमाले नेताहरुले नै उनको अभिव्यक्तिलाई एकता प्रक्रियासँग जोडेका थिए।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…