•  हेटौंडा  २०७४ माघ २९ गते


    प्रदेश ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा पर्ने हरेक जिल्लामा एउटा नयाँ आधुनिक शहर बसाउने योजना अघि सारेका छन् आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका पौडेलले सोमबार सपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।

    प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिएपछि पौडेलले हेटौंडा-११ स्थित शहिद स्मारक पुगेका थिए । लगतै मुख्यमन्त्रीको कार्यालयमा आएर पदभार ग्रहण गरेका छन् ।

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकार कार्य विभाजन, प्रदेशस्तरका केही लेखा परीक्षण र प्रदेश सरकार कार्य विभाजन नियमावली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    मुख्यमन्त्री पौडेलले विकास र समृद्धिमा अरु प्रदेश भन्दा अगाडि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे  आफू कोरा राजनीतिक प्राणी नभएको सुनाउँदै उनले विगतमा गरेका कामहरुले नै मुख्यमन्त्री बनाउन योगदान गरेको सुनाएप्रदेशका १३ वटै जिल्लामा कम्तीमा एउटा नयाँ आधुनिक शहर स्थापना गर्ने प्रयत्न गरिने उनले बताए ।

    हरेक जिल्ला प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेको भन्दै उनले आफ्नो पहिलो एजेण्डा नै प्राकृतिक स्रोतको उपयोग गरी आर्थिक सम्वृद्धिमा लगाउनु भएको सुनाए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…