• By:किरण प्रकाश बि सि

    (दक्षिण कोरिया)१७ भदौ, “नाडा अटो सो” को कुम्भ मेलामा ३७ लाखको गाडिको छेऊमा ऊभ्याएर कमाऊ धन्दा चलाऊनु पर्ने ईन्दिरा जोशिको “स्तर” हेरेर होईन “स्तन” हेरेर नेपाल आइडल टिमले जजको कुर्सिमा राखिएको हिजोको एपिसोडले प्रमाणित गरेको छ ! वुद्द घेराबन्दिमा परेको बुद्दलाइ नै थाहा छैन।बुद्ध भोटिगं सपोर्टले यहा सम्म पुगेपनि बुद्ध लाइ फाइनलमा लगेपछी बुद्दले भोटिगं मा अरु भन्दा धेरै भो ल्यायर नेपाल आइडल बन्ने खतरा प्रति आयोजक सचेत भयको स्पस्ट देखियो!पहिलो कुरा बुद्ध ले जून रुपमा top 3 मा आफुले गायको गीतलाइ न्याय गर्नुपर्ने थियो त्यो न्याय गर्न नसक्नु दुखको कुरा हो भने ,,यो लेभलमा जजले बुद्दमाथि स्टेट कमेन्ट गरेर मनोवल गिरिउन खोज्नु अन्याय पुर्ण मात्र होईन अपराध पनि हो ।

    न्यु बज्राचार्य र कालिप्रसाद दुई जना जर्ज गायक हुन ,गायक भन्दा बढि ऊनिहरु कम्पोजर हुन !कम्पोजरले कम्पोजिशनको अडकल लगाऊन सक्छ भन्दैमा गाएकिको सहि जजमेन्ट हुन्छ भन्न सकिदैन ।त्यसैको अनुमान बुद्द यो लेभलमा आयर मन नपर्नू ,सुरज थापा ,मेनुका पौड्याल ,अफसर अलि,प्रमिला राई ,सनध्या जोशि, केन्जल हरुलाइ फर्काइ फर्काई स्टेज तताऊन खोज्नू ऊनिहरुको कच्चा जजमेन्टको पर्दाफास हो।अन्य ठाऊमा पराजित कम्पिटेटरलाइ पुन show पर्फरमेन्स मात्र दिने मौका पाइदैन ,ऊसको पछिल्लो प्रतुति अझै राम्रो भयो भने ऊ बिबादित हुनसक्छ भन्ने हेतूले गाऊनको लागि मात्र समाबेस गरिदैन।

    जर्जहरुको पुर्बआग्रहि सोच र संकिर्णता जनताको लागि दुखद बिषय हो ।प्रमोद खरेलले ओपनिगं गरेर आऊदा सबै जजले ऊठेर तालि बजाऊनु ,रामकृष्ण ढकाल आऊदा सबै गित रामकृष्ण को गाऊन लगाऊनु र स्यान्डिगं अवेसन मात्र होईन आकस्मिक आशुले स्वागत गरिनु तर नेपाल आइडलकै जिवन्त स्वर दियर राजेश पायल राइले स्टेजमै आगो लगाऊदा पनि तिनै जना जज बसेर तालि मात्र पिटेर औपचारिकता निभाऊनु गित संगित र दर्शकको लागि दर्दनाक पिडा बोध हुनु हो।त्यतिमात्र होईन rai is king दर्जा पाएका अब्बल दर्जाका गाएक ऊनको गित कुनैपनि प्रतिस्पर्धामा नगाइनू झनै पुर्बआग्रहि सोच र ब्याक्तिगत ईगो को वदलाव हो। ३३ औ एपिसोड लाइ आधार मानेर भोटिगंको समय थप 12 घन्टा वा आवश्यकता अनुसार हल्का तलमाथि गरेर जति थपेपनि खासै बिबाद हुन्थेन तर ३४ औ ऐपिसोडमा पनि ऊहि नतिजाको लागि पुन प्रतिस्पर्धा गरायर पुन भोटिगं गरिनु एक जना बाहिरिन लागेको प्रतिस्पर्धिको लागि सुखद अबसर हो तर बाकि 3 जनाको लागि अन्यायपुर्ण परिणाम हो,किनकि अबको 34 औ ऐपिसोडमा कस्को कतिबेला कुन रुपले सुर ताल र लिरिक्स बिगारिने हो सबैलाइ ढुक ढुक भैसकेको छ।

    संघियता पछि मथ्थर भयको जातिय सदभाव भड्काऊन नेपाल आइडलको चार महिना काफि देखियो।सुन्दा शास्त्रीय संगित सुन्न मनपराऊने तर भोट गर्दा आफ्नो जातको rock स्टारलाइ भोट हाल्ने ,गाऊदा बाटो बाटोमा पप गित गाऊने तर भोट हाल्दा आफ्नो थरको लोक गायकलाइ भोट हाल्ने दर्शक र,ब्याक्तिगत सम्बन्ध राम्रो देखाऊन गेस्ट जज संग पटक पटक बनावटि अंकमाल गर्ने तर आत्मामा लागेको गुनासो स्टेजमै पोख्ने जज हरुलाइ नेपाल आइडल हेर्नेलाइ भन्दा देख्नेलाइ लाज लागेको महसुस नगर्ने कमै छन होला।

    सागर /निसान दुइ मध्य जो नेपाल आइडल भय पनि 3 जना जजलाइ चिन्ताको बिषय देखियन तर प्रताप टप थ्रि भन्दा तल छुटेमा र बुद्द भोटिगंको आधारमा टप वान भयर नेपाल आइडल भयमा यो ओजपुर्ण आइडलको गरिमा थेग्न नसक्ने रिस्क लिन नचाहेको प्रति तिनै जजले लाईफलाइन तयार गरेको देखियो ।जुन कुरा ऊनिहरुले सुरुदेखि नै बुद्दलाइ ऊचाल्दै ल्याए तर अहिले थेचार्न तिनै जनाले हात माथि गरेको देखियो।

    अघिल्लो ऐपासोडमा न्यु बज्राचार्यले म कहिले काहि तिम्रो भोटिगं हेर्छु ,सायद यो पटक पनी अलिकति मात्र तलमाथि होला ,नत्र तिमि चारै जना मेरो लागि नेपाल आइडल हो भनेर भनेका थिय तर हिजो ऊनैले मलाइ यो पटक कुनैपनि कुरा थाहा छैन ,एक पटक को लागि पुन जनता कहा गयर पुन भोटिगंको लागि अनुरोध गर्नु दर्शकको लागि आकस्मिक र अनौठो भयता पनि आयोजक र निर्णायकको लागि सफेद बनावटि कुरा मात्र थियो।लाखौ साइकोलोजिस्टलाइ चुनौति दिने गरि गरियको चलाखिपुर्ण बोलिले जजको मात्र होईन यो आइडलको नै बिश्शवसनियता प्रति प्रश्न चिन्ह खडा गरको छ।

    बुद्द र निशान रुम मेट हून ।सागर र प्रताप पनि रुम मेट हुन ।चारै जनाको सिरानि ऐक अर्कासंग मिलेको छ ।दुई जनाको ऐऊटै सिरानि छ ,एऊटै सपना छ।त्यो सपना हो नेपाल को पहिलो आइडल बन्ने।न त निसानको जात प्रति बुद्दलाइ लोभ छ ,न त बुद्दको भोट प्रति निशानलाइ लोभ छ।दुबै जना एऊटै अंगालोमा बेरियर सुतेका छन ,एऊटो ऊदश्यको लागि स्वस्थ प्रतिस्पर्धा मा ऊत्रेका छन।जति घृणित मानसिकता छ त्यो हामि पब्लिक बाटै फैल्याइयको छ।जति जातिय नारा ऊठाइयको छ त्यो हामि भोटर बाटै ऊठाइयको छ।ऊनिहरुले कसैले कसैलाइ भोटिगंको लागि बिज्ञप्ति टास्न आग्रह गरेका छैनन।तर जातिय सदभाब भड्काऊन चाहाने अतिजातिवादिको लागि र जनता लुटेर पैसा कमाऊ धन्दामा लागेको नेपाल आइडल को आयोजक टिमको लागि यो स्वर्णीम पल हो।

    त्यसकारण सारमा बुझ्नपर्ने कुरा के भने “हामि सबैले सबैको सम्मानजनक अभिव्यक्ति को सम्मान गरौ ,एक जना गायकको गायकिलाइ अर्कोले गलत ईन्टेनसन बाट आलोचना नगरौ ,चारै जना प्रतिस्पर्धिलाइ समान धारणा बनायर कलाकार सोचौ,एकले अर्कालाइ जातिय आक्षेप नलगाऊ र स्वस्थ्य प्रतिस्पर्धाप्रति आवाज ऊठाऊ,हामि सबैको भलाइ यसैमा छ !यो भन्दा बाहिर को खेलको खुलेर बिरोध गरौ !अहिलेको नेपाल आइडल भनेको रेसलिगंको खेलाडिले फुटबलको आयोजना गरेजस्तै हो ।रेसलिगको खेलाडिले फुटवल player छनौट गर्दा पाखुरा र तिघ्रा ठुलो देखेर प्रभावित हुनु कुनै नौलो र अनौठो कुरा होईन!

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…