•  काठमाडौं   २०७४ माघ २९ गते


    रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

    १७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे ।

    उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे  पारस ४२ रनमा आउट भए  थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।

    तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे  दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो ।
    तर, ४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो ।

    यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे ।तेस्रो बलमा सोमपालले एक रन लिए  तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे  अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए ।

    ओभरको पाँचौं बलमा उनले रन जोड्न सकेनन्  अब २ बलमा २ रन चाहियो, नत्र नाटकीय रुपमा हार्ने खतरा रहृयो  तर, सोमपालले दुई रन लिँदै जित दिलाए ।

    यसअघि पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए  १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् टस जितेर नेपालले पहिले फिल्डिङ गरेको खेलमा सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…