•   मोरङ  २०७४ माघ २९ गते


    मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग वाणिज्य संघको निर्वाचन सोमवार विहानबाट भइरहेको छ । दिउँसो ३ वजेसम्म तोकिएको निर्वाचनको समय विहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रमुख भगतचन्द्र थपलियकाले जनाए निर्वाचनमा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

    मुख्य रुपमा २ प्यानलमा विभाजित प्रतिष्पर्धीमाझ अध्यक्षमा, दीपक वस्नेत र धनकुमार तामाङ, वरिष्ठ उपाध्यक्षमा कविता पराजुली र विजय डाँगी, उपाध्यक्षमा देविप्रसाद रिजाल र यादवचन्द्र दुलाल, महासचिवमा अशोककुमार राई र दुर्गाप्रसाद भट्टराई उम्मेदवार वनेका छन् ।

    उद्योग सचिवमा, दिनेशकुमार पौडेल टिकेन्द्र र नरेशकुमार विश्वकर्मा, वाणिज्य सचिवमा, खेमनाथ ढुंगेल र राजेन्द्र भण्डारी, कोषाध्यक्षमा राजेन्द्र वस्नेत र विश्वनाथ अधिकारीको उम्मेदवारी परेको छ । ४ जना खुला सदस्यका लागि ११ जना प्रतिष्पर्धामा छन् ।

    इन्द्रबहादुर राई, केशवप्रसाद उप्रेती, प्रदिप फुयाँल, प्रेमप्रसाद सुवेदी, नारायणप्रसाद गुरागाईं, नितन कार्की, वलिदान चेम्जोङ, विजयजंग वस्नेत, भगवती कटुवाल, मानवहादुर श्रेष्ठ, मिलन राई सदस्यका प्रतिष्पर्धी छन् । २ जना महिला सदस्यका लागि देवी राई र मिरादेवी मालु लुनियाँ तथा लेखा समिति संयोजकमा मोहनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित वनेका छन् ।

    २ जना सदस्यका लागि कृष्णप्रसाद पौडेल, विजयकुमार राई र लालवहादुर भण्डारी प्रतिष्पर्धी देखिएका छन् । ०४३ मा पथरी व्यापार प्रवन्ध समितिका रुपमा स्थापित संस्था ०७१ मा पथरी उद्योग वाणिज्य संघ बनेको हो । हाल संघमा ७ सय ४४ सदस्य रहेका छन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…