५ फागुन, काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा ७ दशमलव २ म्याग्निच्युटको भुकम्प गएको छ । वहाका राज्य नजिकै केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का ३ सय किलोमिटर टाढा रहेको राजधानी मेक्सिकोसिटीसम्म महसुस गरिएको थियो । मेक्सिकोमा एक शताब्दीयता कै शक्तिशाली भूकम्प भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मानवीय क्षतिको कुनै विवरण हालसम्म प्राप्त भएको छैन ।