• परम्परागत रुपमा टाँगा चलाएर जीविका चलाइरहेका यहाँका बासिन्दा यतिबेला परिवार पाल्न समस्यामा परेका छन् । बर्दियाको गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्न नपाएपछि परिवार पाल्ने कि टाँगा तान्ने घोडा पान्ने उनीहरुलाई समस्या परेको छ । 

    गत चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी भएदेखि हालसम्म बर्दियासँगै जोडिएको भारतीय सीमामा पर्ने मूर्तिहा नाका सञ्चालनमा नआएपछि यहाँका ४२ टाँगा चालक बेरोजगार भएका छन् । बेरोजगार भएसँगै मूर्तिहा नाकासम्म टाँगा चलाउन पाउनुपर्ने भन्दै उनीहरु प्रशासन कार्यालय बर्दियामा पुगेका छन् ।
     
    टाँगा व्यवसायीमै भर परेका उनीहरु पेशा गरेर खान नपाएपछि दैनिकी कष्टकर बन्दै गएको छ । नाका सञ्चालन नभएकै कारण गरीब टाँगा व्यवसायीको परिवारमा समस्या आएको उनीहरुको पीडा छ । उद्योग बजार यातायातलगायत सञ्चालनमा आएपछि सीमामा वारपार गर्नेलाई मात्रै रोक लगाइएको छ । बन्दाबन्दीका बेला पनि कसैसँग सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् । 

    गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्ने उनीहरु बेरोजगार भएसँगै परिवार पाल्न कठीन भएकाले टाँगा सञ्चालनको अनुमतिका लागि पहल गरिदिन माग गरेका छन् । सरकारले बन्दाबन्दी हटाए पनि टाँगा व्यवसायीले भने आफ्नो व्यवसाय गरेर खान नपाएको अवस्था छ । विपन्न वर्गका आफू जस्ता ४२ जना टाँगा व्यवसायीको स्थिति गम्भीर बन्दै गइरहेको रामबहादुर खटिकले गुनासो गर्नुभयो । उनीहरु गुलरिया नगरपालिकामा बासोबास गरी परम्परागत रुपमा पूर्खांैदेखि टाँगा चलाई पेट पाल्दै आएका छन् ।

    गुलरियास्थित सुरजपुरसम्म मात्रै टाँगा सञ्चालन गर्न दिइएको भए पनि यात्रु पाउन कठिन छ । मूर्तिहा नाकासम्मै टाँगा सञ्चालन गर्नका लागि व्यवसायीले माग गरेअनुसार बर्दिया जिल्ला प्रशासनले नेपाल सरकारसँग समन्वय गरी सहजीकरणका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । 

    महिला भलिवल प्रतियोगिता हुने

    सातौँ प्रधानमन्त्री आमन्त्रण महिला भलिवल प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने भएको छ ।
    बाँके जिल्ला भलिबल सङ्घका अध्यक्ष टिएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसीले पत्रकार सम्मेलन गरेर सो जानकारी दिनुभयो । 
     
     नेपालगञ्जको रङ्गशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतको भन्दा भव्य बनाउने मूल आयोजक समितिका सयोजक केसीले बताउनुभयो । उहाँले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने उद्घोष गर्नुभयो ।
     
    सङ्घका अध्यक्ष ठकुरीले दक्षिण एशियाकै नम्बर १ क्लब च्याम्पियनसीप कपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताउनुभयो । बाँकेका आठवटै पालिका उपप्रमुखहरुको एक्यवद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई चयन गरिएको छ । 

    पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रमुख सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपिएफ तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौंमा एपिएफ र छैठौँ पुलिस विजेता भएका थिए ।

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

काठमाडौं ।विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका…

काठमाडौँ। नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरूप डबल डेटा भोलुम र…

काठमाडौं अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधान सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता…

जनकपुरधाम । हतियारधारी लुटेरा समूहले लहानमा एक सुनचाँदी व्यवसायीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो…