• गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

        तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा रबर खेती सम्भव भएको निचोड निकाल्नुभएको थियो । त्यही आधारमा झापा र गोरखा जिल्लामा पहिलोपल्ट २०४८ सालमा रबर खेती शुरु गरिएको थियो । हाल झापा, मोरङ र सुनसरी जिल्लामा दशौँ हजार हेक्टर भूमिमा रबर खेती गरिएको छ । झापामा रबर खेती शुरु गर्दा अनुसन्धाता भण्डारीले किसानलाई यसको बारेमा प्राविधिक सीप सिकाउनुभएको थियो ।

        फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्दै रबर खेतीको विकासमा सघाउने योजना अघि सारेको छ । फाउन्डेसनका अध्यक्ष कोइरालाले झापामा रबर खेतीको सम्भावना देखेर पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पहिलोपल्ट रबर विकास बोर्ड गठन गर्नुभएको बताउनुभयो । स्थानीय किसानलाई रबर खेतीमा आकर्षित गरेर आर्थिकस्तर उकास्न फाउन्डेसनले कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं ।विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका…

काठमाडौँ। नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरूप डबल डेटा भोलुम र…

काठमाडौं अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधान सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता…

जनकपुरधाम । हतियारधारी लुटेरा समूहले लहानमा एक सुनचाँदी व्यवसायीको हत्या गरेको घटना सेलाउन नपाउँदै सो…