• काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

    यसैगरी आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

    यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७७ पैसा र बिक्रीदर १० रुपैयाँ ८३ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …