• एजेन्सी। धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो ।

    यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ । द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलि युग हो ।

    कलि युगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

    सत्य युग चार चरणमा रहेको थियो जसको आयू १७ लाख २८ हजार वर्षको रहेको शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै त्रेता युग २ चरणमा रहेको थियो । जसकोआयु १२ लाख ९६ हजार वर्ष रहेको बताइएको छ ।

    तेस्रो युग द्वापर युगका २ चरण रहे जसमा ८ लाख ६४ हजार बर्ष रहेको धार्मिक विश्वास रहेको छ । तर, शास्त्रहरुमा युद्धहरुको सयम र वर्षबारे फरक फरक व्याख्या गरिएको छ ।

    कलियुगको आरम्भ १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

    कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ । कल्कि अवतारको कथा यस प्रकार छकल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

    यो अवतार ६४ औं कला युक्त हुनेछ। कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ। त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…