• राजेन्द्र महतो
    सप्तरी साउन २४ गते।सप्तरीको वोदेवरसाईन -१० मा शुक्रवार फेरी ६ जना दलित युवाहरु लाई गैरदलित ले कुटपिट गरेका छन।
    केहि दिनअघि गालि गरेको विषयमा उनीहरुलाई कुटपिट गरिएको जनाईएको छ। तर, प्रहरीले भने घट्नाको कारण पत्ता लगाई सकेको छैन ।
    गैरदलितको कुटाइबाट स्थानीय २३ वर्षीय रन्जनकुमार यादव, २३ वर्षीय शिवकुमार यादव, २२ वर्षीय जितेन यादव, २१ वर्षीय चन्दन यादव, २३ वर्षीय चन्दन यादव र ४० वर्षीय दलुवा यादवको आक्रमणवाट २५ वर्षीय रामदुलार राम, २५ वर्षीय रामनन्दन राम, १९ वर्षिय जितेन राम, २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम र २० वर्षीय दिपेन राम घाईते भएका छन् ।
    टाउको, अनुहार र हातखुट्टामा चोट पटक लागेका उनीहरुलाई उपचारका लागि रुपनी गाउँपालिका स्थित युनिक अस्पताल भर्ना गरिएको छ ।उनीहरुले फरटा र लाठी ले एक्कासी हिर्काउने थालेको पीडितहरुले वताएका छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले ५/६ जनामाथि कुटपिट भएको र उनीहरु उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिदै संलग्नहरुको प्रहरीले खोजी गरिरहेको वताएका छ्न। इलाका प्रहरी कार्यालय कडरवोनाले उनीहरुको खोजतलास र आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएका छन।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…