• राजेन्द्र महतो
    लहान साउन २४ गते।सिरहाको मिर्चैया नगरपालिका -४ स्थित अाधारभुत प्रा.वि. मा केहिदिन पहिले गैरदलितले स्कुलमा ताला लगाएका थिए । मधेसमा दलित समुदायको महिला स्कुलकाे विधालय समिति बनेपछि उच्च जातका ब्यत्तिहरूले तालाबन्दी गरेकाे थियाे ।अाधारभुत प्रा.वि.स्कुलमा अधिकांस दलित समुदायका बाल बच्चाहरू पढने गरेकाे हाे । त्यहीँ बिधालयका अभिभावकहरूले सर्वसम्मतले चन्दा भवानी महरालाई निर्वाचन गरेकाे हाे । केही दिन पहिले स्कुलमा तालाबन्दी काे समाचार संचारमाध्यम्मा अाएपछि जिल्ला प्रशासन कार्यालय सिरहाकाे अगुवाइ मा स्कुलमा लगाएकाे ताल्चा बुधबार खोलिएको हाे ।
    मिर्चैया नगरपालिका मा मंगलबार जिल्ला प्रशासन कार्यालय सिरहाका जिल्ला प्रमुख अधिकारी , जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख , ईलाका प्रहरी कार्यालय मिर्चैया का प्रमुख, मिर्चैया नगरपालिका का मेयर श्रवण यादब, स्कुलका प्रधानाध्यापक र भवानी महरा विच छलफल गरि बुधवार ताल्चा ताेडेर स्कुल संचालन गर्ने भनी निर्देशन जिल्ला प्रमुख अधिकारी ले निर्देशन दिएकाे हाे ।यस बारे दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहा का सचिव संजय महराले दलित हरूले अाफ्नाे हक अधिकार काेलागि दृढताका साथ अगाडि बढेपछि मात्र अधिकार पाउने वताएका छन। उनले अाधारभुत स्कुलमा प्रशासनकाे अगुवाइमा ताल्चा खोलेर बतावरण सहज भएकाेमा खुसि ब्यत्त गरेका छ्न।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…