• राजेन्द्र महतो
    लहान साउन २४ गते।सिरहाको लहान स्थित ग्लोबल आइएमई बैङ्कको शाखा सिल गरेको छ ।
    लहान स्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको हो।
    ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिन अगाडि ज्वरो आएपछि उनी आफैं जनकपुर प्रादेशिक अस्पतालमा परिक्षणका लागि गएको थियो । उक्त परिक्षणको रिपोर्ट आज पोजिटिभ आएपछि ती कर्मचारीलाई सोही अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताइएको छ ।
    ग्लोबल आइएमइको लहान शाखाको कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शनिवार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले बताएका छन।बैन्क सँगैको कर्मचारीलाई संक्रमण देखिएपछि बैङ्कमा कार्यरत २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको छ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…