• No description available.

    अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिताको आज भएको खेलमा टेन नवोदय बिजयी भएको छ ।

    बुधबार भएको खेलमा वाईजीएफटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै टेन नवोदय बिजयी भएको हो । खेल जितेसँगै नवोदयले लिगमा ६ अंक बनाएको छ ।

    टेन नवोदयको लागि खेल सुरु भएको १६ औ मिनेटमा घनश्यम चौहानले निर्णायक गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच टेन नवोदय एफसीका गोल रक्षक अर्जुन बस्नेत घोषित भए ।


    No description available.

    भोली(बिहिबार) दोस्रो चरणको अन्तिम खेल देबिगन्ज र द रियल ब्रदर्स एफसीबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक संजिप गिरीले बताए ।

    आजसम्मको खेलमा "ए" पोलबाट सिरिजंगा एफसी ६, हिमाअस हाइवेको २ अंक छ भने शिखर र हेरिका न्युस्टार एफसीको १-१ अंक रहेको छ ।

    "बी" पोलबाट टेन नबोदय ६, बाईजीएफटी र द रिअल ब्रदर्स एफसीको १-१ अंक रहेको छ । दुई खेल खेल्न बाँकी रहेको देबिगन्ज हालसम्म ० अंक रहेको छ ।

    No description available.

     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …