•  

    अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगिताको आज भएको खेलमा द रियल ब्रदर्स बिजयी भएको छ ।

    बिहिबार भएको दोस्रो चरणको अन्तिम खेलमा देविगन्ज एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै द रिअल ब्रदर्स एफसी बिजयी भएको हो ।

    खेल सुरु भएको १४ औं मिनेटमा देविगन्जको खेलाडी बिजय लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । रियल ब्रोदर्सका सुजन खत्रीले २९ औं मिनेटमा गोल फर्काएर बराबरीमा पुर्‍याएका थिए ।

    मध्यन्तरपछिको ७ औं मिनेटमा द रियल ब्रोदर्सका देबराज गुरुङले गोल गर्दै खेल २-१ गोल अन्तर बनाएका थिए भने देबिगन्जको तर्फबाट २४ औ मिनेटमा दीपक राईले गोल थपेर पुन २ बराबरीमा बनाएका थिए । निर्धारित समयमा २ बराबरी भएपनि इन्जुरी समयमा रियल ब्रदर्सका तिर्थराज बस्नेतले गोल गर्दै बिजय सुनिस्चित गरेका थिए । खेलको म्यान अफ द म्याच पनि बस्नेत नै घोषित भए ।


    खेल जितेसँगै द रियल ब्रदर्सले लिगमा ४ अंक बनाएको छ भने देविगन्ज ० अंक मै सिमित भएको छ । लिगमा देविगन्ज अब एक खेल खेल्न बाँकी छ ।

    भोली(सुक्रबार) तेस्रो चरणको पहिलो खेल हेरिका न्युस्टार र द सिखर एफसीबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव मनि लिम्बुले बताए ।

    दोस्रो चरणको खेल सकिदा समूह "ए"
    मा रहेको सिरिजंगा एफसी ६, हिमाअस हाइवेको २ अंक छ भने शिखर र हेरिका न्युस्टार एफसीको १-१ अंक रहेको छ ।

    समूह "बी"मा रहेको टेन नबोदय ६, द रियल ब्रदर्स ४, बाईजीएफटी १ अंक रहेको छ भने एक खेल खेल्न बाँकी रहेको देबिगन्ज हालसम्म ० अंक रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …