उर्लावारी
दिगो सहरी विकासको प्रवर्द्धनका लागि विश्व बैंकको सहयोगमा उर्लावारी नगरपालिकाले ५७ करोड ७० लाख बरबारको अनुदान सहयोग पाएको छ ।
शुक्रबार उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोले काठमाडौंमा उक्त अनुदान सम्झौतामा हस्ताक्षार गरेका छन् ।
सम्झौता-पत्रमा नगर प्रमुख फागो र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले हस्तक्षार गरे ।
नगरपालिका क्षेत्रभित्र विकास निर्माण,ढल व्यवस्थापन लगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि यो रकम खर्च हुने नगर प्रमुख फागोले बताए । यो बहुवर्षीय योजना भएको उनले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक प्याकुरेल, उपमहानिर्देशक कुमार घिमिरे, दिलीप भण्डारी, सुरेन्द्रमोहन श्रेष्ठ तथा आयोजना निर्देशक परीक्षित कडरियालगायतको उपस्थिति थियो ।
उर्लावारी नगरपालिकाले हाल उज्यालो अभियान पनि सुरु गरिरहेको छ । नगर प्रमुख फागोको पहलमा नगर क्षेत्रका मुख्य सडकहरुमा सडक बत्ती जडान गरिएको बताए । पहिलो चरणमा मावा र बक्राहा खोलाका पुलसम्म सडक बत्ती जडान गरिएको उनले जानकारी दिए ।