• उर्लावारी 
    दिगो सहरी विकासको प्रवर्द्धनका लागि विश्व बैंकको सहयोगमा उर्लावारी नगरपालिकाले ५७ करोड ७० लाख बरबारको अनुदान सहयोग पाएको छ ।


    शुक्रबार उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोले काठमाडौंमा उक्त अनुदान सम्झौतामा हस्ताक्षार गरेका छन् । 
    सम्झौता-पत्रमा नगर प्रमुख फागो र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले हस्तक्षार गरे ।


    नगरपालिका क्षेत्रभित्र विकास निर्माण,ढल व्यवस्थापन लगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि यो रकम खर्च हुने नगर प्रमुख फागोले बताए । यो बहुवर्षीय योजना भएको उनले जानकारी दिए ।
    हस्ताक्षर कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक प्याकुरेल, उपमहानिर्देशक कुमार घिमिरे, दिलीप भण्डारी, सुरेन्द्रमोहन श्रेष्ठ तथा आयोजना निर्देशक परीक्षित कडरियालगायतको उपस्थिति थियो ।


    उर्लावारी नगरपालिकाले हाल उज्यालो अभियान पनि सुरु गरिरहेको छ । नगर प्रमुख फागोको पहलमा नगर क्षेत्रका मुख्य सडकहरुमा सडक बत्ती जडान गरिएको बताए । पहिलो चरणमा मावा र बक्राहा खोलाका पुलसम्म सडक बत्ती जडान गरिएको उनले जानकारी दिए  ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …