• सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।

    संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ। संविधानविद् डा। विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ।’ प्रधानमन्त्री राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ।

    सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिक रुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिने अवस्थामा माओवादी केन्द्र रहेकाले उसको समर्थनबिना नै आफूलाई प्रधानमन्त्रीमा कायमै राख्न ओलीले विशेष तयारी गर्नुपर्नेछ। नागरिक दैनिकमा खबर छ ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…