• उर्लाबारी, ४ चैत । 
     नेकपा एमाले मोरङका जिल्ला कमिटी सचिवालय सदस्य एवम् स्कुल विभाग प्रमुख उर्लाबारी नगरपालिका – ८ निवासी रुपेश खतिवडाले आज आफुले अध्ययन गरेको अरनिको माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रबृति वितरण गर्नुभएको छ । 


         आफुले एसएलसी उतिर्ण गरेको विद्यालयका कक्षा प्रथम हुने १० जना विद्यार्थीलाई खतिवडाले एक सेट विद्यालय पोशाक र जनही रु ५ सय नगद छात्रबृति वितरण गर्नुभएको हो । उहाँले बिगत ३ वर्षदेखी छात्रबृति वितरण गर्दै आउनु भएको छ । विद्यालयमा आज आयोजित बहुउदेश्यीय शभाहल शिलान्यास तथा अभिभावक भेला कार्यक्रमका अवसरमा सो छात्रबृति वितरण गरिएको हो । रुपेश खतिवडाका पिता तथा सोही विद्यालयका पुर्व शिक्षक दिनेश्वर खतिवडाले विद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्नुभएको थियो ।

    कक्षा १ की सुनिता टुडु, कक्षा २ का कृष्ण ढकाल, कक्षा ३ की खुशि श्रेष्ठ, कक्षा ४ की माङ्गेना लिम्बु, कक्षा ५ की मेनुका हरीजन, कक्षा ६ की गिता ढुङ्गेल, कक्षा ७ की दिलु राजबंशी, कक्षा ८ का सन्दिप पौडेल र चम्पा खनाल, कक्षा ९ का रविन थापा र कक्षा १० का विवश कटुवाललाई सो छात्रबृति प्रदान गरिएको थियो । कक्षा १ देखि कक्षा १० सम्मका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुले छात्रबृति पाएका हुन् ।

    पुरस्कार र छात्रबृतिले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने भएकाले उनीहरुको प्रोत्साहनका लागि प्रत्येक वर्ष आफुले छात्रबृति प्रदान गर्दै आएको र आगामी वर्ष अक्षय कोष स्थापना गर्ने खतिवडाले जानकारी दिनुभयो । स्थानिय माझ लोकप्रिय रहनुभएका खतिवडाले मोरङ क्षेत्र नम्बर एकमा विभिन्न सामाजिक गतिविधी गर्दै आउनुभएको छ ।
    (प्राईम एफ.एम.  अनलाईन बाट साभार)

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…