•  

    उर्लाबारी, ४ चैत/मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय शभाहलको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमका बीच शभाहल शिलान्यास गरेका हुन् ।


    नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त भवन निर्माण गरिने विद्यालयका प्रधानध्यापक सुर्यमान सिरेङले जानकारी दिए । यस विद्यालयलाई सरकारले नमुना घोषणा गरे बमोजिम उक्त सभाहल निर्माणका अनुदान दिएको उनले बताए ।


    सोही अवसरमा कक्षा–१२ मा अध्ययनरत छात्रा गरिमा ढुंगाना र कक्षा–९ मा अध्ययनरत चम्पा खनाललाई ‘पम्फादेवी स्मृति छात्रावृत्ती पुरस्कार’ प्रदान गरिएको छ । डाक्टर योगेन्द्र बहादुर गुरुङले आफ्नो आमा पम्फादेबि गुरुङको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन ।

    माविस्तरमा उच्चतम अंक ल्याएवापत ढुंगाना र आधारभुत तहमा उच्चतम अंक ल्याएवापत खनाललाई पुरस्कार प्रदान गरिएको हो । ढुंगानालाई नगद १५ हजार तथा खनाललाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी रूपेश खतिवडाले स्थापना गरेको छात्रवृत्ति पुरस्कार विभिन्न कक्षाका १० जना बालबालिकालाई प्रदान गरिएको छ । कक्षा–१ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरुलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पूर्व विद्यार्थी खतिवडाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत तीन वर्षदेखि पुरस्कृत गर्दै आएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…