• काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी ओली शर्माप्रति व्यग्य गर्दै कविता सुनाएका छन्। माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा नेता भीम रावलले कविता सुनाएका हुन्।

    काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा शुरूमै रावलले प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गर्दै कविता सुनाए।

    यस्तो छ रावलले सुनाएको कविता :

    युवा हो उठ एक भइ जुट यो देश जोगाउन
    कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन

    हामीले सोच्यौँ स्वाधिनता देशको हिमाल झै उठाउन
    विश्वका सामू समाजवाद युक्त नेपाल चिनाउन

    कस्तो हो तिम्रो खर्कको धार आफैलाई सिध्याउँने
    न्यायका पारा श्रमशीलहरुको अहंकारमा रमाउने

    शक्ति र धनको उन्मादमा तिम्ले सुखानी बिर्सेछौँ
    जाली र झेली देश मारातर्फ किन हो फर्किन्छौँ

    षड्यन्त्र तिम्रो फुट्ने छ तिम्रो माटोको हाँडी झै
    तिरस्कार तिम्रो हुने छ यहाँ देशभक्त एक भई

    रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर
    यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर

    उठाइमाथि रक्तिमा झण्डा बचाउ स्वाभिमान
    चक्नाचुर पार्दै विश्वासघाती दुश्कार्य अभिमान

सम्वन्धित समाचार

"त्याग्नु पर्छ" नरेशले मानेको, धर्म मात्र, राष्टको धर्म मान्नेहरुलाई, नरेशले बोलेको, भाषा मा…

युबराज बाउन नेउपाने जति रिसाए पनि जति खुसाए पनि मेरो मन भित्र को तिमी तिम्रो मन भित्र को म तिमी…

गरिबको छोरी  --*-- १४ बर्षिय उर्मिला छिमेकीको घरमा चुलाचौका बडारकुडार गरेर आफ्नो घरमा आइन् ।&nbs…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ …