मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबलको आज भएको खेलमा ८ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको छ ।
आयोजक भुटानी शरणार्थी शिविर ‘बी’ टिमसँग भएको खेल अवधिभर एक बरबारी गोल भएपछि निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
खेल अवधिमा वडा नम्बर ८ का महेन्द्र मगर र आयोजक टिमका अमर दर्जीले गोल गरेका थिए ।
टाइब्रेकरमा वडा नम्बर ८ का समीर याक्खा, महेन्द्र मगर, एलि लिम्बु र सुजन खत्रीले गोल गरेभने भानुहाङ खजुमले प्रहार गरेको गोल जाति चुम्न सकेन ।
आयोजक भुटानी शरणार्थी शिविरको तर्फबाट लक्ष्मी गुरुङ्ग, अमर दर्जी र सुरेश राईले गोल भने सन्नी राई र सन्जय मगर गोल गर्न सकेन । खेलको मेन अफ द म्याच बिजेता ८ नम्बरका खेलाडि महेन्द्र मगर घोषित भए ।
भोली ६ र ३ नम्बर वडावीच प्रतिष्पर्धा हुने आयोजक समितिका संयोजक कुमारकुष्ण राईले बताए ।