• प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् ।


    दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौँ बाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतार हतार काठमाडौं आएका थिए । 


    नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्रेसको निर्णय सकारात्मक छ, अब हामी जसपासँग पनि छिटो त्यस प्रकार कै निर्णय लिन अनुरोध गर्छौं,’ उनले भने , ‘त्यसपछि सम्बन्धित सबै पार्टी बसे र फाइनल प्रक्रिया अगाडि बढाउँछौ ।’ माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकार लाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताएको छ ।


    माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक पत्र लेख्नमात्रै बाँकी रहेको बताएको छ । देउवासँगको भेट र पछिल्लो राजनीतिक अवस्थालाई लिएर आइतबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । कांग्रेसको निर्णयपछि उत्साही माओवादी केन्द्र जनता समाजवादी पार्टीको एउटा समूहसँग नियमित संवादमा छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम प्रतिगामी भएको भन्दै नयाँ सर कार बनाउने पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भने जसले आफ्ना माग पूरा गर्छ, उसैसँग सहकार्य गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग संवाद गरिरहेका छन् ।

    आजकोकान्तिपुर दैनिकमा समाचार छ । 

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…