• भारतमा ४० वर्ष जेलजीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ ।


    प्रदेश सरकारको पहलमा आज विराट मेडिकल शिक्षण अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ । डा. पुरु कोइरालाले उनको प्रारम्भिक जाँच गरेका छन् ।आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरेका छन् । उनलाई यसै अस्पतालमा भर्ना गरी उपचार गरिने बताइएको छ ।

    उनको उपचारका लागि मन्त्री कार्कीको अनुरोधमा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले निःशुल्क गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री कार्कीका सहयोगी रवि खनालले जानकारी दिए ।उनलाई अस्पतालसम्म ल्याउन उनका भतिज गोपाल तिम्सिना साथै आएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …