• भारतको छत्तिसगढमा माओवादी आक्रमणमा परी कम्तीमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएकाे छ ।


    बीबीका अनुसार शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए ।

    विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डिजी अशोक जुनेजाले २२ सुरक्षाकर्मीको शव भेटिएको बताएका हुन् ।घटनास्थलमा सुरक्षाकर्मीको शव यत्रतत्र रहेको र आइतबार त्यहाँ पुगेको टोलीले शव संकलन गरेको विभिन्न स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

    शुक्रबार सुकमा र बिजापुरका विभिन्न स्थानबाट सिआरपिएफ, डिस्ट्रिक्ट रिजर्व गार्ड, स्पेसल टास्क फोर्स र कोबरा बटालियनका दुई हजार ५९ जवान गस्तीका लागि निस्किएका थिए ।गस्तीबाट फर्किने क्रममा शनिबार तर्रेम चौकी नजिक जोन्नागुण्डा जंगलमा माओवादीले आक्रमण गरेका हुन् । भिडन्तमा घाइते भएका ३७ जवानलाई बिजापुर र रायपुरका अस्पतालमा भर्ना गरिएका छन् ।

    शनिबारको आक्रमणलाई पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको छ। यो घटनासँगै भारतका गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै आफ्ना महान सहिदहरुको बलिदानलाई देशले कहिल्यै नबिर्सिने बताएका छन्।

    उनले मृत सुरक्षाकर्मीको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने उनको भनाइ छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…