•  कोरोना संक्रमणबाट बुटवल र कैलालीमा थप चार जनाको निधन भएको छ। 


    बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको आन विहान निधन भएको हो। 

    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन्।यस्तै कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

    फागुनको पहिलो साता भारतबाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। कडा प्रकारको निमोनियाँसहित अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …