• विराटनगर । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    कोरोना सङ्क्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पताल काेभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।


    चिनी रोगी वृद्धको उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका वृद्धको शव राती नै आफन्तको जिम्मा लगाइएको उनले बताए ।

    उनका अनुसार कोसी कोभिड अस्पतालमा हाल २ जना कोरोना सङ्क्रमित उपचाररत छन् । केही दिन अघिसम्म अस्पतालमा विरामी थिएनन् । तर काेराेनाकाे दाेस्राे लहर सुरू भएसँगै विरामी आउन थालेका छन् ।

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …