• लेटाङ / मोरङको लेटाङमा यात्रुबहाक बलेरो पिकअप गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ ।
    लेटाङ नगरपालिका–७ स्थित भुवाखोलामा आइतबारसाँझ ६ः३० बजेतिर प्र.१–०२–००२ च ४१७३ नम्बरको बलेरो पिकअप दुर्घटनामा परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिए । उनका अनुसार यात्रु लिएर लेटाङबाट वाराङ्गीतर्फ जाँदै गरेको गाडी बालुवामा चिप्लिएर ढुंगामा ठोक्किएपछि दुर्घटनामा परेको हो ।
    दुर्घटनास्थलमा उकालो र कच्ची सडक छ । दुर्घटनामा परेर लेटाङ –७ की ६३ वर्षीया बुद्धमाया राई, ५३ वर्षीय कुसुमलाल राई, ५२ वर्षीय इन्द्रबहादुर राई, ४१ वर्षीय मानवीर लिम्बू, ४८ वर्षीय रत्नप्रसाद लिम्बू र १७ वर्षीया सरु लिम्बू घाइते भएका छन् । घाइतेमध्ये बुद्धमायाको अवस्था गम्भीर छ ।
    घाइतेहरुको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताए । उनका अनुसार दुर्घटना लगत्तै चालक लेटाङ –७ का २८ वर्षीय सपन लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…