• मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 


    महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।


    हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जानकारी दिएको छ । 
     
    यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।


    यता, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भूभागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ ।

    त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ । 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …