• विराटनगर । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई २–० गोलअन्तरले पराजित गरी एपीएफ छैटौं विराट गोल्टकपको सेमिफाइनलमा पुगेको छ ।

    विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई हराउन मणि लामा र सुमन लामाले गोल गरेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको थियो । मणिले दोस्रो हाफको सुरुमा र सुमनले अन्तिम मिनेटमा गोल गरेका थिए ।

    जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो खेलमा भारतको सिक्किम युनाइटेड र क्वाटरफाइनलमा भारतकै वेष्ट बंगाललाई हराएर सेमिफाइनलमा पुगेको हो ।

    २०७४ सालको विजेता नेपाल पुलिस भने पहिलो खेलमै हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरियो । खेल प्रतिस्पर्धात्मक रहे पनि प्रहरीको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित हासिल गरेको हो । मणिले रिबाउण्ड बलमा गोल गरेका थिए भने सुमनले पुलिसका गोलरक्षक रामेशन खड्काको कमजोरी उपयोग गरी वान भर्सेस वान प्रहारमा गोल गरेका थिए ।

    खेलको म्यान अफ द म्याच चुनिएका एपीएफका मणि लामाले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

    एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठलेराम्रो तयारी र खेलाडीहरुको मिहिनेतका कारणले जित हासिल भएको प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले रक्षात्मक कमजोरी स्वीकारे ।

    मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ ।

सम्वन्धित समाचार

कर्णाली, ५ कात्तिक सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भए…

 एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । ए…

मोरङ । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ ।  थ्री…

काठमाडौँ, २८ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव …